गायीका सरु गौतम र गाएक थानेश्वर गौतम को ‘मोल हो कि अनमोल हो, पिरतिको डर हुन्न’

“अपार माया हाम्रो कहिले पनि छुट्दैन” गितबाट गाएन क्षेत्रमा शुरुवात गरेकी सरु गौतम अहिले चर्चामा आउन थालेकी छिन् । “कति खुसि थिए प्रिय” , “ऐना हेरौ लाग्यो” , “हरमा हर” , “पोहोर सालको तिजमा  नाच्न मैले पाइन” लगाएतका गितहरुमा आवाज दिइसकेकी सरु गौतम पछिल्लो समय “सबैले हुटिङ हान्छन्, मैले कम्मर मर्काउदा” बोलको गित बाट अत्यधीक चर्चामा आउनमा सफल भएकी छिन् । गायीका सरु गौतमले र गाएक थानेश्वर गौतम को साथमा ‘मोल हो कि अनमोल हो, पिरतिको दर हुन्न’ गितको अडियो ÷ भिडियो सार्वजनिक गरेकी छिन् ।।

हस्त गौतमको शब्द सिर्जना भएको गीतमा निता ढुंगाना र सबिनले अभिनय गरेका छन् । गीतमा संगीत थानेस्वर गौतमको रहेको छ । अर्जुन तिवारी र उनका साथीहरुले खिचेको गितलाइ सम्पादन भने भारत रेग्मीले गरेका छन् । संचारकर्मी सुब्रत आचार्यको निर्देशनमा यो म्युजिक भिडियो तयार भएको हो ।

Comments