मातातिर्थ औशि

आज घरको एकदम याद आयो। १० बर्ष भयो आमाको मुख हेर्ने दिनमा घरमा नभएको, विहान उठेर कस्ले पहिला मामुको मुख हेर्ने भनेर competition हुन्थ्यो, दिदि बहिनिले के के गिफ्ट दिन्थे मामुलाई , आफु चाहि मामुलाई ल्याइदेको मिठाइ खादै बसिन्थ्यो,
मामु भन्नुन्थ्यो एक दिन गिफ्ट दिएर अरु दिन दुःख दिन भन्दा बरु सधै खुशि राखे अरु केही दिन पर्दैन। त्यही भएर म केहि दिन्थेन |
अहिले आएर ठुलो भए , कमाउने भए अनि खर्च गर्न मन लागेको कुरा लगाउनुस है भनेर मैले दिएको पैसा नि जतन गरेर राख्नु भाको छ भन्ने कुरा बहिनि बाट थाहा भो । म येही कुरामा नतमस्तक हुन्छु नि मामु , जहाँ हजुर आफ्नो कमाईमा विश्वास गर्नु हुन्छ न कि मेरो कमाई मा । सायद मामु हजुरको लागि म अझै सानो बालख नै छु ..!!
आमा तिमी महान छौ ..!! विदेश बाट धेरै धेरै सम्झना ..!!

Comments