मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको
याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा
।
?दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध
गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।? ऊ सानै
थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो
उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको
नौलो ब्रह्माण्डको सफर ।
?प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र??
निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई
पन्छाउँदै उसले भनी । म मौन रहेँ ।
?त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि
खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो
त राज?? मसँग मौनता बाहेक उसको प्रश्नको लागि
अर्को उपयुक्त उत्तर नै थिएन ।
?तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब
गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।?
यो पल्ट मैले मुख खोलेँ - ?हुन्छ ।?
उ भन्दै गई । मै लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।
म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो
प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो
जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद
जानाजानी ।
त्यसको केही समय पछि मैले आफ्नै शब्दहरू गुँथेर प्रेमपत्र
लेखेँ तर अरूकै लागि । म लेखनदास, तमसुक होइन प्रेमपत्र
लेख्दै छु अनि काम चाहीँ हुँदैछ अरू कसैको ।
भर्खरै जस्तो लाग्छ हरि र निरुको बिहेभोज खाएको
। जुनदिन पछि प्रेमपत्र लेख्ने आवश्यक्ता नै रहेन । कति
लामो समय बितिसकेछ । कस्तो होशै भएन ।
?के नचाहिँदो कुरा गरेको । दिनभरि घरमा
झोक्राएर बसिरहछौ अनि आउँछन् यस्ता उट्पट्याङ
विचारहरू । कति चोटी भनिसकेँ मसँग भजनमण्डीमा
हिँड भनेर ।? रिसाउँदा हरिले आँखीभौँ माथि
उचाल्छ अनि यस्तो लाग्छ उसको चाउरी परेका
गालाहरूको मुजा सोहोरिएर उसको निधारमा
आइपुगेको होस् । ओठहरू खुल्दै बन्द हुँदा भित्रबाट
चिहाउदै गरेको उजाड प्रदेशमा ठडिएको स्तम्भ झैँ
लाग्ने उसको एक्लो दाँतलाई देख्दा अरू बेला त मलाई
निकै हाँसउठ्थ्यो । तर अहिले मलाई अरू नै कुराले
पिरिरहेको छ ।
?होइन, मैले प्रेमपत्र लेखेकै छैन?
?ए बुढा फुस्क्यौ कि क्या हो, नातिनिले सुनी भने के
भन्ली ??
?होइन हरि मैले बिर्सेछु । यत्तिका वर्ष बिते, प्रेमपत्र
लेख्नै बिर्सेँछु ।?
?अनि भाउजुलाई कसरी फसायौ त ??
?फोनबाट । पत्रको आवस्यकता नै परेन । मेरो प्रेमको
प्रमाण केही छैन हरि ।?
?तिमी पनि बेला-बेला अचम्मकै कुरा गर्छौ ।?
?हैन हरि मैले साँच्चै बिर्सेँछु ।?
अब सायद हरिलाई मैले ठट्टा गरेको हैन भन्ने
थाहाभयो ।
?राज म तिम्रो कुरा बुझ्छु । तिमीलाई भाउजुको
सम्झना आयो । मेरो पनि त त्यस्तै छ । के गर्नु जीवन
यस्तै हो । आए पछि सबैले??
?भो भो हरि यो भन्दा बढी हैन । मैले जीवनमृत्युको
कुरा गरेको हैन । तिम्री भाउजु मेरो मुटुभित्र छे ।
मलाई दु:ख त उसलाई प्रेमपत्र लेख्न नपाएको मा छ ।
जिन्दगीले बडो नराम्रोसँग नचायो । अहिले यो
ठाउँमा उभिएर हेर्दा यात्रा त जहाँबाट सुरू गरेँ
त्यहीँ पो आइपुगेछ । एक्लै थिएँ तिम्री भाउजु अगाडि,
एक्लै नै छु ऊ गएपछि पनि । सोचेको थिएँ उसलाई
प्रेमपत्र लेख्छु र पोस्ट गर्छु उसलाई पत्तै नदिई । तर हरी
...?
-
-
-
?हजुरबुवा कविता लेखिदिनु भयो ।?
?मेरी प्यारी नातिनीले भनेपछि लेख्दिन त?
?अब त म फेरि प्रतियोगितामा फस्ट हुने भएँ?
मेघना कविता लिएर ढोकातिर गई । ढोका छेउमा
पुगेर केही छिन अडिई र फर्केर म छेउ आई ।
?हजुरबुवा एउटा कुरा भन्छु नरिसाउनुस् है !? उसले आँखा
चिम्लिएकी थिई । उसको कपाल निधारबाट तल झरेर
आँखासम्म आइपुगेको थियो ।
?हजुरबुवा मलाई एउटा चिठी लेखिदिनुस् न !?
?कस्तो चिठी नानु ??
उ केही भन्न खोज्छे तर आवाज निस्कँदैन ।
?प्रेमपत्र हो ??
उ छक्क पर्छे, थोरै लजाउँछे, अनि बिस्तारै टाउको
हल्लाएर हो भन्ने इसारा गर्छे ।
म खुसी हुन्छु । उसको टाउको प्रेमपूर्वक मुसार्छु ।
?आऊ यहीँ नजिकै बस । भन को हो त्यो भाग्यमानी
जसलाई मेरी राजकुमारीले प्रेमपत्र लेख्न खोज्दै छे ??
?रोहित?
प्रिय रोहित
मेरा दिनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् ।
तिम्रो मीठो सम्झना शीतल पवन बनेर पत्र-पत्र छुँदै ...
?भजनमण्डलीको कुनै बुढी फसाएनौ ? प्रेमपत्र लेख्नु छ भने
भन है !? मेरो कुरा सुनेर हरि अवाक हुन्छ । उसको मुख
खुलेको छ । उसको सान धानिरहेको एक्लो स्तम्भ पनि
ढलेछ । म खित्का छोडेर हाँस्न पुग्छु ।

Comments
Post a Comment