त्यो नौ महिना
मेरो लागि सबैभन्दा डर लाग्दा महिनाहरु थिए
एक्लै थिए म
हरेक खतरा सँग एक्लै लड्नुपर्थ्यो
कती डर लाग्थ्यो आमा
तिमी धुम्रपान गर्छौ कि भन्ने?
तिमी चुरोट पिउछौ कि भन्ने
यदी पिउथ्यौ त
सायद त्यो धुवा सँगै
म पनि उड्थे होला
बिलाउथे होला गर्भ मा नै
पूर्ण आकार नबन्दै
धर्ती मा पाईला नटेक्दै
तिम्रो मुख नदेख्दै
कती डर हुन्थ्यो आमा मलाई
तिमीले गर्हौ भारी बोक्छौ कि भन्ने
यदी बोक्ने थियौ त
त्यो भारीले तिमीलाई हैन
मलाई किच्ने थियो
फाट्ने थिए म
धुजा धुजा बनी
कती डर लाग्यो मलाई
तिमीले पोषिलो खाना खादिनौ कि भन्ने
यदी खादिन थियौ त
मेरो हात खुट्टा पूर्ण बिकास नहुँदै भाचिने थिए होलान गर्भ मा नै
कती डर लाग्थ्यो आमा मलाई
त्यो बेला...
कती डर लाग्थ्यो आमा
तिमी धुम्रपान गर्छौ कि भन्ने?
तिमी चुरोट पिउछौ कि भन्ने
यदी पिउथ्यौ त
सायद त्यो धुवा सँगै
म पनि उड्थे होला
बिलाउथे होला गर्भ मा नै
पूर्ण आकार नबन्दै
धर्ती मा पाईला नटेक्दै
तिम्रो मुख नदेख्दै
कती डर हुन्थ्यो आमा मलाई
तिमीले गर्हौ भारी बोक्छौ कि भन्ने
यदी बोक्ने थियौ त
त्यो भारीले तिमीलाई हैन
मलाई किच्ने थियो
फाट्ने थिए म
धुजा धुजा बनी
कती डर लाग्यो मलाई
तिमीले पोषिलो खाना खादिनौ कि भन्ने
यदी खादिन थियौ त
मेरो हात खुट्टा पूर्ण बिकास नहुँदै भाचिने थिए होलान गर्भ मा नै
कती डर लाग्थ्यो आमा मलाई
त्यो बेला...
तर मेरो डर त
एक भ्रम रहेछ
वास्तविकता आज बुझ्दैछु
चुरोट को अम्मली तिमीले
कती कष्ट गरी चुरोट छाड्यौ रे
मेरो लागि
गोठ भरी गाई भैंसी भएकी तिमीले घास पानी बोक्न चट्टै छाड्यौ रे
"नाटक" गर्छे भन्दै परिवारले लगाएका कैयौ आरोप-बचनहरु घुटुक्क आशु निली
चुप चाप सही दियौ रे
मेरो लागि
आज मेरो कान समात्दै
चोरी-छली गर्नु हुन्न भनेर सिकाउने तिमीले त्यती बेला
चोरी चोरी
पोषिलो खाने कुरा खायौ रे
आमा तिमी चोर बन्यौ रे
मेरो लागि
म भ्रम मा रहेछु
एक्लै छु भन्ने.....
वास्तवमा तिमी
एक्लै संघर्ष गर्दै रहेछौ
दुनियाँसँग लड्दै रहेछौ
केवल मेरो लागि
एक भ्रम रहेछ
वास्तविकता आज बुझ्दैछु
चुरोट को अम्मली तिमीले
कती कष्ट गरी चुरोट छाड्यौ रे
मेरो लागि
गोठ भरी गाई भैंसी भएकी तिमीले घास पानी बोक्न चट्टै छाड्यौ रे
"नाटक" गर्छे भन्दै परिवारले लगाएका कैयौ आरोप-बचनहरु घुटुक्क आशु निली
चुप चाप सही दियौ रे
मेरो लागि
आज मेरो कान समात्दै
चोरी-छली गर्नु हुन्न भनेर सिकाउने तिमीले त्यती बेला
चोरी चोरी
पोषिलो खाने कुरा खायौ रे
आमा तिमी चोर बन्यौ रे
मेरो लागि
म भ्रम मा रहेछु
एक्लै छु भन्ने.....
वास्तवमा तिमी
एक्लै संघर्ष गर्दै रहेछौ
दुनियाँसँग लड्दै रहेछौ
केवल मेरो लागि
जन्मिदा नाङ्गै थिए
कपडा लगाई
लाज ढाकी दियौ
दिमाग खाली थियो
असल बुद्धी भरी दियौ
दुनियाँसँग लड्दै
संघर्ष गर्दै बाँच्न सक्ने हैसियतको बनाईदियौ...
भन्न सकिन
या देखाउन जानिन मैले
तर म तिमीलाई
धेरै माया गर्छु आमा
म म हैन
म तिम्रै एक हिस्सा हुँ
तिमी आफु निचोरिएर
पिलाएकी दुध को ॠण त
म कसै गरी पनि
चुक्ता गर्न नसकुला
तर प्रयास गर्ने छु आमा
तिमीलाई सधैं खुशी राख्न लाई....
कपडा लगाई
लाज ढाकी दियौ
दिमाग खाली थियो
असल बुद्धी भरी दियौ
दुनियाँसँग लड्दै
संघर्ष गर्दै बाँच्न सक्ने हैसियतको बनाईदियौ...
भन्न सकिन
या देखाउन जानिन मैले
तर म तिमीलाई
धेरै माया गर्छु आमा
म म हैन
म तिम्रै एक हिस्सा हुँ
तिमी आफु निचोरिएर
पिलाएकी दुध को ॠण त
म कसै गरी पनि
चुक्ता गर्न नसकुला
तर प्रयास गर्ने छु आमा
तिमीलाई सधैं खुशी राख्न लाई....
Comments
Post a Comment