“माया”

“माया”  संसारकै सबै भन्दा प्यारो शब्द । यो शब्द सुन्दा नै एउटा अनौठो आत्मियताको आभास हुन्छ । मुटुको ढुकढुकी अचानक केहि बढे जस्तो हुन्छ अनि थाहै नपाई शरीरभरी खुशिको संचार हुन्छ अनि हास्दिँन भन्दा भन्दै पनि मनले मान्दै मान्दैन अनि अहिले हजुर जसरी मुस्कुराउनुभएकोछ त्यसरी नै मुस्कुराउ
न मन लाग्छ ।

“माया” झट्ट हेर्दा यो शब्द निकै सानो देखिन्छ तर यो आफैँमा अत्यन्तै विशाल छ । आदर, स्नेह, प्रेम, लगाव, मोह आदि कैयौँ पर्यायवाची शब्द छन् मायाको । मायाको बारेमा यसरी नै अरु कुरा गदैँ गरौँला तर आजको बसाइमा आफु मायामा परेको कसरी थाहा पाउने त्यता तिर लागौँ ।

Comments