तपाईं को हरपल याद आउछ आमा!! बिहान जब उठ्छु,सधै झै तेइ बिहानि, तेइ काममा जानुपर्ने दिक्क लाग्दो दैनिकी सम्झिन्छु अनि सम्झिन्छु तपाईंले ९ बजिसक्यो उठ भन्नु भाको दिनहरु ।खाना बनाउदा जब मिठो नभैकन थोरै खान्छु तब सम्झिन्छु तपाईंले सधै मलाई मनपर्छ भनेर बनाइदिएको आलु फ्राई अनि अन्डा! जब काममा आउछु वाक्क लाग्छ मन्छेहरुको बेहोरा देखेर अनि फर्किन मन लाग्छ नेपाल तब सम्झिन्छु अहँ पैसा कमाउनुछ रिन तिरेर तपाईंलाई थोरै खुशी दिनु छ भन्ने कुरा! बल्ल बल्ल काम सक्यो रूम मा जादा फेरी खाना पकाउनु पर्छ तब झल झली याद आउछ 'मम्मी खाना पाक्यो, भोक लागी सक्यो' भनेर बोलेका शब्द हरु!! अनी आमा सुत्ने बेला त हजुर लाई धेरै सम्झिन्छु भोली को दिन सम्झेर अनि बिदेश मा अर्को एक दिन बिताएर नि खुशी किन्न नसकेको देखेर!!
बेला बेला कुरा गर्दा सुरुमै सोध्नु हुन्छ, 'बाबु सन्चै छौ भनेर अनि म अँ, सन्चै छु भन्छु' तर मनमा ग्लानी हुन्छ सधै, के गरम कसरी खुशी राखुम , के पुगेको छैन मेरो मेहनतमा,किन असफल भैरहेछु म खुशी राख्नलाई भनेर!!
आमाहरु भागवान को रुप हुन्, सबै कुरा सही दिन्छन थाहा छ तर नि आमा,खै किन हो हिनता बोध हुन्छ,जब बाबु गर्हो परेछ घर मा भन्दा म सँग केहि उत्तर हुँदैन,जब भन्छु आमा आर्को पाली पैसा पठाउछु भन्दा!!मेरो प्रायस निरन्तर छ तर हार हरेक पाइला मा छ ।खै आमा हजुर लाई खुशी दिन सक्छु कि सक्दिन ।म त अझै नि अल्झिरहेछु खुशी को खोज मै ।अभागी छु,तपाईं बाट ताढा नि छु ,खुशी नि छैन!!
हिन्दी फिल्म "तारे जमिन पर" को गीत जस्तै छु आमा,
"मे कभी बतलाता नहि,पर अन्धेरोसे डरता हु मे माँ"
Comments
Post a Comment