उत्तर कोरियाले परमाणु हतियार प्रयोग नगर्ने !

उत्तर कोरियाले आफ्नो देशको सार्वभौमसत्तामा खतरा नभए परमाणु हतियारको प्रयोग पनि नगर्ने जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किम जोङ उनले आफ्नो देशले सार्वभौमसत्ताको रक्षाका लागि मात्रै परमाणु हतियार बनाउने र प्रयोग गर्ने गरेको बताएको उल्लेख गरेको छ । सर्वाभौम सत्तामा खतरा नभएको अवस्थामा परमाणु हतियार प्रयोग नर्गने नेता उनको भनाई छ ।
उत्तर कोरियाले सन् २००६ मा एक अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्दै पहिलो परमाणु परीक्षण गरेको थियो । त्यसपछि उत्तर कोरियाले अमेरिका तथा दक्षिण कोरियामा परमाणु आक्रमण गर्ने चेतावनी बारम्बार दिने गरेको छ । प्योङयाङमा भएको वर्कर्स पार्टीको कांग्रेसलाई सम्बोधन गर्दै नेता उनले परमाणु हतियारको प्रयोग सार्वभौमसत्ता रक्षाका लागि मात्रै भएको बताउनुभएको हो ।
तर केही खबर अनुसार नेता उनले तनावपूर्ण सम्बन्ध रहेका देशसँगको सम्बन्ध सामान्य बनाउन चाहेको उल्लेख छ । दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि भरोसा र आपसी सहकार्यमा दुई देशबिच कुराकानी हुनुपर्नेमा नेता उनले जोड दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सहमतीमा उत्तर कोरिया विश्वलाई परमाणु हतियार मुक्त बनाउन पनि तयार रहेको नेता उनले बताएको खबरमा उल्लेख छ ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स पाटीले ३६ वर्षमा पहिलो पटक कांग्रेस गरेको छ । पछिल्लो पटक सन् १९८० मा पार्टीको कांग्रेस भएको थियो ।

– एजेन्सीको सहयोगमा 

Comments