जन्मायौ रहरले,
हुर्कायौ भोलिको सपना देखी
सह्यौ अनेकौ दु:ख कष्ट
देखायौ संसार मलाई।
म रम्दै गए आमा
यो संसारको रंगमञ्चमा
भुलेछु तिम्रो गर्भको पिडा
बिर्सेछु आफ्नो कर्तव्यनै।
तरपनि आमा केहि गर्छु म
अघि बढ्छु म
हासो ल्याउछु तिम्रो मुहारमा
गर्नेछौ गर्व मलाई देखी।।।
आमा बाट टाढा रहेपनि मन मस्तिष्कले सधै सम्झिरहेको छ।

Comments