युज एन्ड थ्रो को सिद्धान्तमा रमाइरहेको उसलाई के थाहा मेरो साचो प्रेम को महत्त्व ?मेरो तड्पी तड्पी जिण भएको हृदयको वेदनाको महत्त्व ?अनि उसप्रती गर्ने व्यबहार र प्रगतिका कमनहरुको महत्त्व ?उसको परिभाषामा "केटी भनेका छोटो समयको लगि मात्र "हुन रे ।यही ज्ञान पायो रे उस्कै EX' बाट पनि ।तर उसलाई के थाहा सबै मान्छे एउटै हुदैनन् भनेर ।
उसका व्यबहार चाहे जतिसुकै घटिया किन नहुन ,उसका कुराहरू जतिसुकै निच अनि तल्लोस्तरका किन नहुन ,उसका हरेक आचरण ले मेरो हृदय जतिसुकै छियाछिया किन नपारोस अनि उसको यादले मलाई हरपल,हरक्षण,हरघडि जतिसुकै किन नतड्पओस मेरो लगि उ कहिल्यै घृणा को पात्र बनेन ।मेरो हृदयले कहिल्यै उसको कुभलो चिताएन चाहेर पनि बरु जहिल्यै विशेष लाग्ने गर्थ्यो कमसेकम मेरा लागी ,उसको उत्तोर्ओत्तोर प्रगति हेर्न लालयित हुनेगर्दथे यि अबोध आखा ,अनि सफलता को खबर सुन्न आतुर हुनेगर्दथे कानहरु अनि हरेक मन्दिरमा उसको दिर्घयुको कामना को लागि झुक्ने गर्थ्यो सिरपनी
साचो प्रेमको उदाहरण हुदोहो त यो भन्दा महान अरु के पो हुन सक्ला र ?
#Manisha_Khatiwada
साचो प्रेमको उदाहरण हुदोहो त यो भन्दा महान अरु के पो हुन सक्ला र ?
#Manisha_Khatiwada
Comments
Post a Comment