मातातिर्थ औशि

म मेरी आमाको फोटो फेसबुकमा राखेर Happy Mother's Day भन्दिनँ किनकि मेरी आमाले न त फेसबुक चलाउनुहुन्छ न त अंग्रेजी नै बुझ्नुहुन्छ। म त बरू फोन गरेर भन्नेछु, 'बुढिमाउ आज आमाको मुख हेर्ने औँशी भएर सम्झेको। लौ आशिर्वाद दिनुस्। मीठोमीठो किनेर खानुहोला, बरू मै आएर तिरिदिउँला पैसा चाहिँ!'

Comments